सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनकोसी नदीमा गाडी खस्यो, तीन जना कर्मचारी बेपत्ता

२०८० जेठ २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को लौकुनबाट सुनकोसी नदीमा खस्दा तीन जना कर्मचारी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

गाडीमा रहेका तीन जना बेपत्ता भएका छन् भने चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । गाडी पूरै डुबेको र निकाल्न नसकिएको सिलवालले बताए । उनका अनुसार गाडीमा सीटीईभिटीका निर्देशक कृष्णबहादुर केसी, निर्देशक यमबहादुर भुजेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेको खुलेको छ ।

उनीहरूको स्थानीय र प्रहरीद्वारा खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । शनिबार बिहानसम्म बेपत्ताको खोजीकार्य जारी छ । राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात

शिक्षकको दलीय आबद्धता खोज्दै शिक्षा मन्त्रालय

पानी नपर्दा सुक्न थाल्यो चैते धान

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

संकटमा सुदूरपश्चिम प्रदेश सरकार

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

सत्ता गठबन्धनबाट टाढिन खोज्दै जसपा!

धरौटीमा रिहा भएका दीपेश सीआईबीको ‘निगरानी’ मा

साउनबाट अदालतमार्फत उपभोक्तालाई न्याय

११ औँ साधारण सभा सम्पन्न

इलाम र बझाङमा आज उपनिर्वाचन