सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

याङ्गुन, १० मङ्सिर (रासस/एएफपी) :म्यान्माका नेता मिन आङ ह्लाइङले रोहिङ्ग्या समुदायमाथि भएको नरसंहारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) को फैसलाका आफूलाई ‘अनुचित’ लागेका पक्ष कार्यान्वयन नगर्ने बताउनुभएको छ ।

गत हप्ता आएको फैसलाबारे बुधबार आयोजित बैठकमा राष्ट्रपति ह्लाइङले म्यान्माले जिम्मेवार राष्ट्रका रूपमा उपयुक्त कदम चाल्ने तर अनुपयुक्त ठानिएका आवश्यकताहरू पालना नगर्ने बताउनुभएको सरकारी सञ्चारमाध्यम ग्लोबल न्यू लाइटले जनाएको छ ।

गाम्बियाले म्यान्माविरुद्ध दायर गरेको मुद्दालाई उहाँले ‘एकतर्फी आरोप’ भन्दै नरसंहारको आरोपले देशको प्रतिष्ठामा गम्भीर असर पारेको बताउनुभएको छ । राष्ट्रको नेताका रूपमा देशमा हुने सबै घटनाको जिम्मेवारी आफूले लिने तर राष्ट्रलाई कमजोर पार्ने कुनै पनि कार्य स्वीकार नगर्ने उहाँको भनाइ थियो ।

आइसीजेले गत हप्ता पश्चिमी राखाइन राज्यमा सन् २०१७ मा गरिएको सैन्य दमनका क्रममा मुस्लिम रोहिङ्ग्या समुदायमाथि म्यान्माले गरेको अत्याचारसम्बन्धी प्रमाण प्रस्तुत गरेको थियो ।

अदालतले म्यान्माको सुरक्षा बलले हजारौँ रोहिङ्ग्या सर्वसाधारणको हत्या गरेको, महिलामाथि व्यापक यौन हिंसा र बालबालिकामाथि चरम हिंसा गरेको निष्कर्ष निकालेको थियो ।

पूर्वजनरल ह्लाइङले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुअघि रोहिङ्ग्या दमनका क्रममा सेनाको नेतृत्व गर्नुभएको थियो । उहाँलाई यस वर्ष विवादास्पद निर्वाचनपछि नागरिक राष्ट्रपति बनाइएको थियो ।

आइसीजेको ८० वर्षे इतिहासमा कुनै राज्यले नरसंहार गरेको ठहर गरिएको यो पहिलो फैसला हो ।

अदालतले रोहिङ्ग्या शरणार्थीलाई सुरक्षित रूपमा घर फर्कने व्यवस्था गर्न र क्षतिपूर्ति दिन म्यान्मालाई आदेश दिएको छ । क्षतिपूर्तिको रकम भने पछि निर्धारण गरिनेछ । साथै, नरसंहार गरेको आशङ्कामा रहेका व्यक्तिमाथि अनुसन्धान गरी सजाय दिन पनि अदालतले भनेको छ ।

आइसीजेको फैसला बाध्यकारी हुने र तिनको पुनरावेदन गर्न नसकिने भए पनि अदालतसँग आफ्ना निर्णय कार्यान्वयन गराउने प्रत्यक्ष संयन्त्र छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

अस्ट्रेलियाको टापुमा डढेलो, घरहरू नष्ट

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश