सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बैजापुरमा निःशुल्क आँखा शिविर, २१८ जनाको जीवनमा फर्कियो उज्यालो

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके । आर्थिक अभाव र उपचारका लागि टाढाको अस्पताल पुग्नुपर्ने बाध्यताका कारण लामो समयदेखि आँखाको समस्या सहेर बसेका बाँकेको राप्तीसोनारी क्षेत्रका नागरिकले गाउँमै विशेषज्ञ सेवा पाएका छन् ।

बैजापुरमा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेका छन् ।

राप्तीसोनारी अस्पतालमा मङ्गलवारदेखि बिहीबारसम्म सञ्चालन भएको शिविरमा कुल एक हजार ४९५ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका क्रममा मोतियाबिन्दुको समस्या देखिएका २१८ जनाको सफल शल्यक्रिया गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

शल्यक्रिया गराउनेमध्ये ११० जना महिला र १०८ जना पुरुष रहेका छन् । लामो समयदेखि धमिलो देख्ने तथा मोतियाबिन्दुका कारण दृष्टि गुमाउने अवस्थामा पुगेका बिरामीले उपचारपछि पुनः स्पष्ट देख्न सक्ने अवसर पाएका छन् ।

तिलगंगा आँखा अस्पतालको शाखाअन्तर्गत रहेको आँखा उपचार केन्द्र बैजापुरको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई घरआँगनमै विशेषज्ञ आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा ज्येष्ठ नागरिक, महिला तथा आर्थिक रूपमा कमजोर परिवारका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

शिविरमा तिलगंगा आँखा अस्पतालका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. अलेना गौचन र डा. विश्व तिमिल्सिनाको नेतृत्वमा आएको प्राविधिक टोलीले बिरामीको परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरेको थियो । विशेषज्ञ चिकित्सक र प्राविधिक टोलीबाट सेवा उपलब्ध भएपछि स्थानीय नागरिकलाई उपचारका लागि नेपालगञ्जलगायतका सहर धाउनुपर्ने बाध्यता केही हदसम्म कम भएको छ ।

शिविरमा मोतियाबिन्दुको शल्यक्रियासँगै अन्य आँखासम्बन्धी समस्या भएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका, अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका र लामो समयदेखि उपचारको पर्खाइमा रहेका नागरिकका लागि शिविर राहतको माध्यम बनेको छ । विशेषगरी ज्येष्ठ नागरिकका लागि आँखाको उपचार घरनजिकै उपलब्ध हुँदा स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुगेको छ ।

आँखाको समस्या समयमै पहिचान र उपचार हुन नसक्दा सामान्य दैनिक कामकाजदेखि परिवार र समाजसँगको सक्रिय सहभागितासमेत प्रभावित हुने गर्दछ । मोतियाबिन्दुजस्ता उपचारयोग्य समस्याका कारण दृष्टि कमजोर भएका नागरिकलाई लक्षित गरी गाउँमै विशेषज्ञ सेवा पुर्‍याउँदा उनीहरूको जीवन सहज बनाउन सकिने शिविरले देखाएको छ ।

गाउँपालिकाले आगामी दिनमा पनि आर्थिक तथा भौगोलिक कारणले स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई लक्षित गरी यस्ता निःशुल्क स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसदमा दर्ता गर्ने तयारी

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

सातै प्रदेशमा प्रादेशिक ‘ट्रमा सेन्टर’ स्थापना गर्छाैँः स्वास्थ्यमन्त्री मेहता

खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्

विपन्न परिवारमा कुपोषण समस्या

काभ्रेमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५४ पुग्यो

साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण

भेरी अस्पतालमा न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा सुरु

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ, दुई जना फरार

चिसाेमा ताताे सुप खानुका यस्ता छन् फाइदाहरू

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या