सदाबहार खबरको रफ्तार ....
मंग्सिर १३, २०८३ आइतबार
November 29, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

केन्यामा धार्मिक नेतासहित ३० जना अनुयायीको हत्यामा दोषी

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नैरोबी, २८ नोभेम्बर (रासस/एपी) :येशूलाई भेट्न उपवास बस्न आग्रह गर्दै आफ्ना अनुयायीको ज्यान गएको घटनामा केन्याका धार्मिक नेता पल म्याकेन्जी दोषी ठहरिनुभएको छ । अदालतले उहाँसहित ३० जनालाई १२३ जना अनुयायीको हत्यासम्बन्धी मुद्दामा शुक्रबार दोषी ठहर गरेको हो ।

गुड न्युज इन्टरनेसनल चर्चका संस्थापक तथा पास्टर म्याकेन्जीसँगै उहाँकी पत्नी रोडा मुम्बुवा र अन्य २८ जना अनुयायीलाई पनि तटीय सहर मोम्बासामा भएको सुनुवाइपछि दोषी ठहर गरिएको छ । म्याकेन्जीले आफ्ना अनुयायीलाई येशूलाई भेट्न उपवास बस्न आग्रह गर्नुभएको थियो ।

सन् २०२३ मा मालिन्दी सहरनजिकै रहेको विशाल खेतमा छरिएका सामूहिक चिहानबाट अधिकारीहरूले ४०० भन्दा बढी शव फेला पारेका थिए । सरकारी अनुसन्धानअनुसार म्याकेन्जीका अनुयायीहरू अनुसन्धानबाट बच्न उक्त क्षेत्रमा बसाइँ सरेका थिए । घटनामा बालबालिका भोकमरीको सिकार हुने पहिलो समूह बनेका थिए ।

म्याकेन्जीलाई गत नोभेम्बर ७ मा १९० बालबालिका र एक वयस्कसहित १९१ जनाको हत्याको अभियोगमा २०० वर्षको जेल सजाय सुनाइएको थियो । उहाँले आफ्नै सङ्गठनका सदस्यहरूको मृत्युसँग सम्बन्धित विभिन्न अभियोगमा छुट्टाछुट्टै मुद्दाको सामना गरिरहनुभएको छ ।

यसअघि बुधबार अर्को मुद्दामा उहाँ बालबालिकामाथि क्रुर व्यवहार र कट्टरपन्थीकरणको अभियोगमा पनि दोषी ठहर हुनुभएको थियो । उक्त मुद्दामा उहाँलाई आगामी डिसेम्बरमा सजाय सुनाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान–अमेरिका तनाव चर्किंदै, नाकाबन्दी तोड्ने अर्को जहाजमाथि अमेरिकी हमला

रूसद्वारा नयाँ आणविक पनडुब्बी सार्वजनिक

किमको चीन भ्रमणबारे दक्षिण कोरियाको निगरानी

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह