सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

प्योङयाङ, ९ मङ्सिर (रासस/एएफपी) : उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ । स्विट्जरल्यान्डले उत्तर कोरियाली बाल शिविरमाथि प्रतिबन्ध लगाएपछि दुई देशबीच कूटनीतिक तनाव बढेको हो ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार विदेश मन्त्रालयले एस्टियरलाई अवाञ्छित व्यक्ति घोषणा गर्दै देश छाड्न निर्देशन दिएको हो ।

उत्तर कोरियाको विदेश मन्त्रालयअन्तर्गत युरोपेली विभागका महानिर्देशक पाक ह्योन सुले एस्टियरलाई बोलाएर कूटनीतिक कार्यालय बन्द गर्न आग्रह गरिएको मन्त्रालयको ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

उत्तर कोरियाले वोनसानस्थित सोङडोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई प्रतिबन्धको सूचीमा राख्ने स्विस अधिकारीहरूको निर्णयलाई आफ्नो कदमको कारण बताएको छ । उक्त शिविरमा रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रबाट ल्याइएका बालबालिकालाई प्रभावित पार्ने गतिविधिमा सहयोग गरेको आरोप लाग्दै आएको छ ।

यसअघि मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले स्विट्जरल्यान्डको निर्णयको निन्दा गर्दै प्योङयाङस्थित कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिनुभएको थियो । उक्त शिविरमा चिनियाँ र रुसी बालबालिकाले समेत सहभागिता जनाउँदै आएका छन् ।

उत्तर कोरियासँग वार्ता र कूटनीतिक सम्बन्ध कायम राख्ने सीमित पश्चिमी मुलुकमध्ये स्विट्जरल्यान्ड पनि एक हो । स्विस विदेशमन्त्रीले केही साताअघि उत्तर कोरियाको भ्रमण गरी दुई देशबीचको सम्बन्ध सामान्य बनाउने विषयमा छलफल गर्नुभएको थियो ।

उत्तर कोरियास्थित स्विस कूटनीतिक कार्यालयले बेइजिङस्थित स्विट्जरल्यान्डको दूतावासलाई प्रतिवेदन बुझाउने गरेको छ । उक्त दूतावासले नै उत्तर कोरियासँगका कूटनीतिक तथा कन्सुलर सम्बन्धसम्बन्धी काम सम्हाल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक