सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, ९ मङ्सिर (रासस/एएनआई) : इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो ।

अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबीच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो ।

यसैबीच, इरानी सांसद इब्राहिम अजिजीले प्रतिबन्ध र अवरोधको युग समाप्त हुँदै गएको तथा नयाँ विश्व व्यवस्था स्थापित भइरहेको दाबी गर्नुभएको छ । त्यस्तै, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने प्रयास नगर्न अमेरिकालाई चेतावनी दिँदै आफ्नो सेना कुनै पनि नाकाबन्दी वा सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताउनुभएको छ ।

यसअघि अमेरिकी अर्थ मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत दुई दर्जनभन्दा बढी इरानी मुद्रा विनिमय केन्द्र, अगाडि राखिएका कम्पनी र वित्तीय कारोबारमा संलग्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो । इरानको अनौपचारिक बैंकिङ सञ्जाल कमजोर पार्ने र विदेशी मुद्रा प्राप्त गर्ने पहुँच सीमित गर्ने उद्देश्यले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नोभेम्बर १४ मा इरानले केशम टापुमा अमेरिकी एमक्यू–१ ड्रोन नष्ट गरेको दाबी गरेको थियो । इरानी अधिकारीहरूले हर्मुजको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका केही जहाज समुद्री बारुदी सुरुङमा परेको र तेल ट्याङ्करमा आगलागी भएको आरोपसमेत लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक