सदाबहार खबरको रफ्तार ....
मंग्सिर ९, २०८३ बुधबार
November 25, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मलेसिया एयरलाइन्सले १० बोइङ विमान खरिद गर्ने

२०८३ मंग्सिर ९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

क्वालालम्पुर, ९ मङ्सिर (रासस/एएफपी): मलेसिया एयरलाइन्सले आफ्नो विमान बेडा आधुनिकीकरण गर्दै लामो दूरीको उडान क्षमता विस्तार गर्न १० वटा बोइङ ७८७–१० ड्रीमलाइनर विमान खरिद गर्ने घोषणा गरेको छ । सम्झौताअनुसार थप छवटा विमान खरिद गर्न सक्ने विकल्पसमेत कम्पनीलाई उपलब्ध हुनेछ ।

मलेसिया एयरलाइन्सको मूल कम्पनी मलेसिया एभिएसन ग्रुप (एमएजी) का अध्यक्ष नसरुद्दीन ए बकरले बुधबार क्वालालम्पुरमा विमान खरिदसम्बन्धी जानकारी दिनुभएको हो ।

उहाँका अनुसार विस्तृत मूल्याङ्कनपछि ड्रीमलाइनर विमानलाई छनोट गरिएको हो । यसले कम्पनीको दीर्घकालीन विस्तारका लागि आवश्यक क्षमता, सञ्चालन लचकता र इन्धन दक्षता प्रदान गर्ने उहाँले बताउनुभयो ।

सम्झौताको वास्तविक मूल्य सार्वजनिक गर्न अस्वीकार गर्दै अध्यक्ष बकरले यसलाई एमएजी र बोइङबीचको व्यावसायिक कारोबार बताउनुभयो । यद्यपि, थप छुटअघि १६ वटा विमान र तिनका इन्जिनको सूची मूल्य करिब नौ अर्ब ३० करोड अमेरिकी डलर रहेको उहाँले जानकारी दिनुभयो ।

विमान निर्माता कम्पनीहरूले ग्राहकलाई दिने छुटका कारण वास्तविक खरिद मूल्य फरक पर्ने भएकाले पछिल्लो समय सूची मूल्य सार्वजनिक गर्न छाडेका छन् ।

करिब ३३० यात्रु बोक्न सक्ने बोइङ ७८७–१० ले एयरबस ए३५०–९०० र ए३३०–९०० नियोसँग प्रतिस्पर्धा गर्नेछ ।

मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनाव र इन्धन दक्षताको आवश्यकताबीच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले विमान बेडा आधुनिकीकरण गरिरहेका बेला मलेसिया एयरलाइन्सको यो घोषणा आएको हो ।

एमएजीले गत वर्ष मार्चमा ३० वटा बोइङ ७३७–८ र ७३७–१० विमान खरिद गर्ने घोषणा गरेको थियो ।

अध्यक्ष बकरले नयाँ विमान छनोट यस दशकमा मलेसिया एयरलाइन्सका लागि सबैभन्दा महत्त्वपूर्ण विमान बेडा विस्तारसम्बन्धी निर्णयमध्ये एक भएको बताउनुभयो । यसबाट खरिद गरिने विमानले आगामी दशकसम्म यात्रुलाई सेवा प्रदान गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण

शिविरमाथि प्रतिबन्धपछि स्विट्जरल्यान्डसँग उत्तर कोरिया असन्तुष्ट

आफन्तबाटै हरेक घण्टा पाँच महिला तथा बालिकाको हत्या

हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

दक्षिण कोरियाद्वारा रूसी विमान हटाउन लडाकू जेट परिचालन

‘कक्रोच’ आन्दोलनका नेतालाई लन्डन जान रोक