सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यान्त्रिकरणमा जुम्ली किसानको आर्कषण

२०८१ बैसाख ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कृषि औजारको नाममा जुम्लाका कृषकसँग सदियौं पुरानो हलो, कोदालो र हँसिया छ ।

मार्सी धान, स्याउ ओखर उत्पादनका लागि उर्भरभूमी हुँदाहुँदै कालापहाड पुगेर पसिना बगाउनुपर्ने नियतिले च्यापेको छ । कारण, परम्परागत खेती प्रविधि । ‘मानो छरेर मुरी फल्ने’ खेतीले ६ महिना समेत खान पुग्दैन । श्रम बढि उत्पादन कम भइरहेको छ ।

गोरुको सहायताले खनजोत भइरहेको जुम्लामा १ बर्षमा औसत २० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाध्यता छ । यसमा पनि गत वर्ष लम्पी स्कीन रोगले ५ सय ६७ गाइबस्तु मरे । जसमा १ सय ७० गोरु थिए । ८५ हल गोरु मरेपछि जग्गा बाँझो हुने हुँदा र सरलताका लागि अहिले मिनि टिलर अर्थात आधुनिक हलोमा किसानको आर्कषण बढेको गुठिचौर ५ का राम कुमार भण्डारीले बताए । १ हजार विरुवा रोपेर उच्च घनत्वको बगैंचा स्थापना गरेका उनि मिनि टिलरले कम लागत, श्रम र समय भित्रै बढि काम हुने हुँदा यान्त्रिकरणमा ध्यान गएको बताउन्छन् ।

स्याउ सुपरजोनले ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेपछि किसानलाई राहत भएको उनले जानकारी दिए । “शुरुमा प्राविधिक ज्ञान नभएका कारण समस्या भए पनि अहिले म जस्ता कृषकका लागि आधुनिक मिनी टेलर हलो वरदान साबित भएको छ ।” उनले भने ।

जुम्लामा मिनि टिलर भित्रिएको १ दशक पुग्दै छ । पुरुषले गोरुबाट खेत जोत्दा बचेको ठाउँमा महिलालाई कोदालोले खन्न निकै कष्ट हुन्छ । तर मिनि टिलरले खेतको छेउ कुनो सहजै खनजोत गर्न सक्छ । यसले महिलाको कार्यबोझ समेत हटाएको स्थानीय रुपा रावतले बताइन । जुम्लाका किसान परम्परागत खेती प्रविधिबाट आधुनिकिकरणमा आकर्षित हुन थालेका छन् । समयको माग, सरकारी निकायको प्रयास र किसानको आकर्षणले जुम्लामा कृषि यान्त्रीकरणले गति लिन थालेको हो ।

कम लागत, श्रम र जनशक्तिको प्रयोग बाटै बढी काम गर्न सकिने हुँदा मिनि टिलर प्रभावकारी छ । २०७७ मा ‘राष्ट्रिय युवा प्रतिभा’ बाट सम्मानित जुम्ली युवा टक्क नेपालीले जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरिरहेका छन । मिनि टिलर, धान, गहुँ, जौं चुट्ने मेसिन विक्रि तथा मर्मत जुम्लामै भइहेकोले पनि किसानले ढुक्क सँग प्रयोग गर्ने वातावरण मिलेको उनले बताए । “मिनि टिलरले राम्रो सँग खन्दैन भन्ने भ्रम छ, तर यो सत्य होइन, यसले खन्दा माटो खुकुलो हुन्छ, डल्ला समेत मक हुन्छ ।” टक्कले भने ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाले हरेक वर्ष ५० प्रतिशत अनुदानमा किसानलाई मिनि टिलर वितरण गर्दै आएको छ । यस वर्ष ६० जना किसानलाई मिनि टिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताए । आधुनिक र व्यवसायिक खेती प्रविधि विस्तारका लागि जुम्लामा स्याउ सुपरजोन स्थापना भएको बताउदै उनले प्रत्येक वर्ष अनुदानमा किसानलाई मिनि टिलर वितरण भइरहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा कुल २४ लाख बजेटमा अर्थात् १२ लाख स्याउ सुपरजोनको र १२ लाख किसानको गरि ६० वटा मिनि टिलर वितरण गरिएको कार्यालय प्रमुख शाहिले बताए । कृषकलाई यान्धिकरण सम्बन्धी तिन दिने तालिम समेत दिइएको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टिलर हलो अत्यधिक रुचाएका छन् । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब

उपनिर्वाचन मतपरिणाम: केपी ओली दंग, प्रचण्ड सन्तुष्ट

उपनिर्वाचनमा दलहरूको जनाधार परीक्षण

पशुपति जलहरी प्रकरण: तीनै जनालाई सफाइ

मिडिया काउन्सिल विधेयक: लगानीको जानकारी काउन्सिललाई दिनुपर्ने

सिंहदरबार प्रवेशका लागि इगेट पास

साउदीमा महिलामाथी दुर्व्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय

पक्राउ कर्मचारीलाई छाड्न प्रधानमन्त्री कार्यालयबाटै दबाब

स्थानीय तहमा बेमौसमी सरुवा

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय

पशुपंक्षीको हेरचार र पशुपालकको सन्देशका लागि प्रभातफेरी

कुल निर्यातभन्दा दोब्बरको इन्धन आयात