सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०८३ बिहिबार
November 26, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

२०८३ मंग्सिर १०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन,१० मङ्सिर (रासस/सिन्ह्वा) : अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) को २ प्रतिशतको लक्ष्यभन्दा झन्डै दोब्बर पुगेको छ । यसले आगामी दिनमा ब्याजदर थप वृद्धि हुन सक्ने सम्भावना बढाएको छ ।

ब्युरो अफ इकोनोमिक एनालिसिसका अनुसार, फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी हो ।

बजारले यसअघि नै ब्याजदर ०.२५ प्रतिशत विन्दुले वृद्धि हुने अपेक्षा गरेको भए पनि मुद्रास्फीतिलाई २ प्रतिशतमा झार्न थप कति वृद्धि आवश्यक पर्छ भन्ने विषयमा अनिश्चितता कायम रहेको अर्थविज्ञहरूले बताएका छन् ।

सेन्टर फर इकोनोमिक एन्ड पोलिसी रिसर्चका सहसंस्थापक डिन बेकरले मुद्रास्फीति निरन्तर बढिरहेकाले ब्याजदर वृद्धि हुने सम्भावना उच्च रहेको बताउनुभएको छ । उहाँका अनुसार अमेरिकी भन्सार शुल्कमा सम्भावित वृद्धि र मध्यपूर्वको द्वन्द्वका कारण तेलको मूल्यमा देखिएको अनिश्चितताले थप मुद्रास्फीतिको दबाब सिर्जना गर्न सक्छ ।

ब्रुकिङ्स इन्स्टिच्युसनका वरिष्ठ अनुसन्धानकर्ता ड्यारेल वेस्टले उच्च ब्याजदरले आवास ऋण महँगो बनाउने र सर्वसाधारणको घर खरिद गर्ने क्षमता प्रभावित पार्ने बताउनुभएको छ ।

यसैबीच, अमेरिकामा जीवनयापन खर्चको दबाब कायम छ भने मध्यपूर्वमा युद्ध सुरु भएयता पेट्रोलको मूल्यसमेत बढेको छ ।

डेमोर्क्याटिक पार्टीले स्वास्थ्य सेवा खर्च घटाउने, न्यूनतम ज्याला बढाउने र इरानसँगको युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ । तर यी प्रतिबद्धता कार्यान्वयन गर्न चुनौती रहेको विश्लेषकहरूको भनाइ छ। उनीहरूका अनुसार, सरकारी खर्च र मुद्रा आपूर्तिसँग सम्बन्धित दीर्घकालीन दबाब सम्बोधन नगरेसम्म मुद्रास्फीति नियन्त्रण गर्न कठिन हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा

ट्रम्प र रूटद्वारा रूसलाई युक्रेन युद्ध ‘नफैलाउन’ आग्रह

अस्ट्रेलियाको टापुमा डढेलो, घरहरू नष्ट

दक्षिण कोरियामा ब्याजदर दुई वर्षकै उच्च बिन्दुमा

व्यापार वार्ताबाट कर विवाद समाधान गर्न अमेरिकासँग भारतको आग्रह

सुडानमा ड्रोन आक्रमण बालबालिकासहित १४ जनाको मृत्यु

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा