सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वेस्ट पाल्म बिच (संयुक्त राज्य अमेरिका), ११ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न आग्रह गरेको बताउनुभएको छ । उहाँले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताउनुभयो । यद्यपि, उहाँले कुन भूभागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पार्नुभएको छैन । विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गर्नुभएको छैन ।

फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो । दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गर्नुभएको थियो । गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन् ।

ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गर्नुभएको भए पनि किएभलाई संयम अपनाउन आग्रह गर्नुभएको छैन । उहाँले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गर्नुभएको छ ।

यसैबीच, ट्रम्पका ज्वाइँ तथा युक्रेन युद्धका लागि अमेरिकी दूत जारेड कुसनर र उहाँका व्यापारिक मित्र स्टिभ विटकफमाथि मस्कोको पक्ष लिएको आरोप लाग्दै आएको छ ।

कुसनरले बुधबार जर्मन एमडी मिट्स पोडकास्टसँगको अन्तर्वार्तामा पुटिनले आणविक हतियार प्रयोग नगर्ने सहमति जनाएर संयम देखाइसकेको बताउनुभयो । उहाँले युक्रेन द्वन्द्वलाई युरोपले रुसविरुद्ध युक्रेनलाई आर्थिक सहयोग र हतियार उपलब्ध गराइरहेको प्रोक्सी युद्धका रूपमा वर्णन गर्नुभयो ।

पूर्वी युक्रेनका भूभागको विषयमा पुटिनसँगको वार्ता गतिरोधमा रहेको कुसनरले स्वीकार गर्नुभयो । उहाँले युद्ध थप चर्किन सक्ने चेतावनी दिँदै द्वन्द्व व्यापक रूपमा विस्तार हुन धेरै गलत आकलन आवश्यक नपर्ने बताउनुभयो ।

ट्रम्पले अर्को महिना मियामीमा हुने जी–२० शिखर सम्मेलनमा पुटिन सहभागी हुने वा नहुने निश्चित नभएको बताउँदै उहाँ आउन चाहेमा स्वागत गरिने स्पष्ट पार्नुभएको छ । गत साता चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा ट्रम्पले पुटिनलाई मित्रका रूपमा स्वागत गर्नुभएको थियो । यसले युक्रेन र युरोपेली राजधानीहरूमा ट्रम्प पुनः रुसतर्फ झुकेको चिन्ता बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेतान्याहुद्वारा आइसेनकोटलाई प्रधानमन्त्री पद प्रस्तावको तयारी

भियतनाममा थप ६ अपराधका लागि मृत्युदण्ड खारेज, ४४ बाट घटेर ४ मा सीमित

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट