सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नोम पेन्ह, ११ मङ्सिर (रासस/सिन्ह्वा) :कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न संयुक्त राष्ट्रसङ्घीय आयोगलाई दुवै देशका तट तथा सम्बन्धित टापुहरूको स्थलगत भ्रमण गर्न अनुमति दिने सहमति गरेका छन् ।

समुद्री कानूनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (युएनसीएलओएस) अन्तर्गतको मेलमिलाप आयोगसँग मलेसियाको क्वालालम्पुरमा भएको चारदिने तेस्रो बैठकपछि दुवै देशले यस्तो सहमति गरेका हुन् ।

बैठकका क्रममा समुद्री सीमा निर्धारणसँग सम्बन्धित प्राविधिक विषयमा काम गर्न दुवै देशका विज्ञ र आयोगका सदस्यहरू सम्मिलित संयुक्त प्राविधिक कार्यदल गठन गरिएको थियो ।

बैठकपछि जारी विज्ञप्तिमा सम्बन्धित टापु र दुवै देशका तटहरूको भ्रमणले विवादित क्षेत्रको भौगोलिक अवस्था तथा त्यससँग जोडिएका विशिष्ट परिस्थितिबारे आयोगलाई थप जानकारी प्राप्त हुने उल्लेख गरिएको छ ।

कम्बोडियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री प्राक सोखोन्नेले क्वालालम्पुर बैठकमा भएको प्रगतिलाई दुवै देशका लागि सकारात्मक कदमका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले कम्बोडिया र थाइल्यान्ड सधैँ छिमेकी रहने भएकाले आपसी सहकार्य र समझदारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यसैगरी, थाइल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाक फुआंगकेटकोले समुद्री सीमा विवाद समाधानका लागि थाइल्यान्डले मेलमिलाप प्रक्रियामा रचनात्मक सहभागिता जनाइरहने बताउनुभएको छ । उहाँले दुई देशबीचको समुद्री सीमा निर्धारणमा निरन्तर प्रगति हुने आशा व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शान्तिरक्षक फर्कंदै, दक्षिणी लेबनानको सुरक्षा अन्योलमा

दक्षिण सुडानका प्रमुख चार क्षेत्रमा सङ्कटकाल हटाइयो

चीन र रुस इरानसँग धेरै कम संलग्न छन् : ट्रम्प

ट्राबुको ब्राजिलको अर्थमन्त्री नियुक्त

युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

भारतमा नियमित संसद् अधिवेशन नबोलाएको विपक्षीको प्रश्न

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

पुटिनको वार्षिक पत्रकार सम्मेलन डिसेम्बर १० मा

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

बैङ्ककको तेल प्रशोधन केन्द्रमा विस्फोट

इन्डोनेसियाको खानीमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो, १३ अझै बेपत्ता

नरसंहार फैसलाका ‘अनुचित’ पक्ष नमान्ने : म्यान्मा